कोशी प्रदेश मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्ये अरुण गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निर्णयअनुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ७ वटा वडा छन् । जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।
अरूण गाउँपालिका अध्यक्ष श्री शालिकराम खत्रीज्यूकाे विशेष पहलकदमीमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू अरुण गाउँपालिकालाई प्राप्त भएकाे छ ।
अरूण गाउँपालिका भोजपुरको आ.ब.२०८०/८१ को बार्षिक प्रगति समिक्षा तथा सार्बजनिक सुनुवाई र आ.व.२०८१/८२ को नीति तथा कार्यक्रम एवम बजेट सार्बजनिकीकरण कार्यक्रम
अरुण गाउँपालिकाको १४ औँ गाउँ सभाको प्रथम बैठक सम्पन्न भएको छ।