आज मिति २०८०/१०/५ गते यस अरुण गाउँपालिकाको विकास, सुशासन र सेवा प्रवाह सम्बन्धमा आ.व. ०८०/८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८०/१०/५ गते यस अरुण गाउँपालिकाको विकास, सुशासन र सेवा प्रवाह सम्बन्धमा आ.व. ०८०/८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता यस गाउँपालिकाका अध्यक्ष श्री शालिकराम खत्रीज्यूले गर्नु भएको थियो भने विशेष अतिथि संविधानसभा सदस्य माननीय लोकमणि ढकालज्यूले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमा गाउँपालिका उपाध्यक्ष श्री विनिता ढकालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधिज्यूहरु, समाजसेवीज्यूहरु, प्रधानाध्यापकज्यूहरु, विषयगत शाखाका प्रमुखज्यूहरु, कर्मचारीज्यूहरु, शिक्षकज्यूहरु, सञ्चारकर्मीज्यू, सुरक्षाकर्मीज्यूहरु तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।