आज मिति २०८०/१०/०४ गते यस अरुण गाउँपालिकाको आ.व. ८०/८१ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८०/१०/०४ गते यस अरुण गाउँपालिकाको आ.व. ८०/८१ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता यस गाउँपालिकाका अध्यक्ष श्री शालिकराम खत्रीज्यूले गर्नु भएको थियो भने विशेष अतिथि नेपाल सरकारका पूर्व अर्थ मन्त्री, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्यूले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमा गाउँपालिका उपाध्यक्ष श्री विनिता ढकालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, विषयगत शाखाका प्रमुखज्यूहरु, कर्मचारीज्यूहरु, सञ्चारकर्मीज्यू, सुरक्षाकर्मीज्यूहरु तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।