FAQs Complain Problems

जिल्लाकै नमुना गाउँपालिका बनाउछु : अध्यक्ष कार्की ।

अरुण गाउँपालीकालाई भोजपुर जिल्लाकोे नमुना गाउँपालीका बनाउने अरुण गाउँपालीकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको बृहत्तर जागरण अभियान २०७६ को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले भने ‘गाउँको विकासका बारेमा आफुभन्दा पनी वडाअध्यक्ष वढि परीचित भएकाले जिल्लाका सवै स्थानीय तहका वडाहरुमा भन्दा अरुण गाउँपालीकाको वडाहरुमा  तुलनात्मक बढि बजेट वितरण गरेको छु, जुन सवै जनताका लागी लोकप्रिय बनेको छ । नेपाली कांग्रेस पार्टिले आफुलाई उम्मेद्धवार बनाएपनि अरुण गाउँपालीकाको जनताको प्रतिनिधि भएकाले आफुले चुनावका अवशरमा जनाएका प्रतिवद्धता र गाउँको वास्तवीक समस्याहरुलाई आत्मसाथ गरी गाउँको विकासमा लागेको समेत उनले बताएका छन् ।
गाउँपालीका भित्र रहेको वालवालीका, महिला, दलीत, अपांग, पिछडिएका लगायत वर्गका मानिसहरुलाई गाउँपालीले विशेष कार्यक्रम ल्याएको छ । सुत्केरीका लागी भत्ता, शिक्षित वुहारीका लागी प्रोत्साहन पुरुस्कार, गरीव, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण अभियान, वृद्धवृद्धा सम्मान कार्यक्रम, सामाजीक सुरक्षा भत्ता, अपांग भत्ता व्यवस्था लगायत वितरण गर्दै आएको उल्लेख गर्दै गाउँपालीकाले अन्य गाउँपालीकामा जस्तो जथाभावी कर, मुल्यवृद्धि नगरेका बताएका छन् । 
त्यस्तै नेपाली कांग्रेस जिल्ला संगठन विभागका प्रमुख समेत रहेका कार्कीले पार्टिलाई जनतामाझ पुर्याउन जागरण कार्यक्रम प्रभावकारी हुने जनाएका छन् । अरुण गाउँपकालीकामा सयैँको संख्यामा नयाँ सदस्य पार्टि प्रवेश गरेको र अन्य गाउँपालीका तथा जिल्लाभरी पार्टि प्रवेश गर्ने कार्यकर्तालाई भुमीका दिने, स्थानीय तहमा प्रशिक्षण दिने, अग्रजलाई सम्मान गर्ने, सवैले आ–आफनो तर्फबाट जिम्मेवारी बहन गरे  नेपाली कांग्रेस आगामी दिनमा अग्रज पार्टि हुने संगठन प्रमुख  कार्कीले बताएका छन् । 

आर्थिक वर्ष: