FAQs Complain Problems

अरुण गाउँपालिकाको सङ्क्षिप्त परिचय तथा प्रोफाइल Link

कोशी प्रदेश मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्ये अरुण गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको  निर्णयअनुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ७ वटा वडा छन् । जिल्लाको सदरमुकाम भोजपुर  देखि  टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस  गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप : 

भोजपुर जिल्ला को पुर्वी भागमा रहेको १५४.७६ ( वर्ग कि.मी.) क्षेत्रफलमा फैलिएको  अरुण गाउँपालिका अन्तरगत १७६८७ जनसख्या रहेको छ । यस  गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो पहाड  रहेको छ । 

प्रशासकीय एवं राजनीतिक विभाजन:

  •  जिल्ला : भोजपुर
  • प्रदेश : कोशी प्रदेश
  • सदरमुकाम : प्याउली
  • के‍.निर्वाचन क्षेत्र : १
  • क्षेत्रफल :  १५४.७६ वर्ग किमि
  • जनसख्या : १४५९१  जना
  • प्रोफाइल:
  • https://arunmun.gov.np/content/%E0%A4%85%E0%A4%B0%E0%A5%81%E0%A4%A3-%E0%...